१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

४१ राजनीतिक दलको निर्वाचन आयोगद्वारा दर्ता खारेज

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८


(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दलको दर्ता खारेज गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।

यसका साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो। आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका […]

error: Content is protected !!