१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

शान्ति मिसनमा धाँधली : परीक्षाअघि नै डीएसपीको घरमा पुग्यो प्रश्नपत्र?

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

 

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ ।

घटनाबारे छानविन भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने, ‘विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा समिति गठन गरेर छानविन भइरहेको छ ।’

विशिष्ट श्रेणीका अधिकृतको नामचाहिँ कुँवरले खुलाएनन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ ।

डीएसपीको घरमै पुग्यो प्रश्नपत्र

प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि एकजना डीएसपीको घरमै पुगेको थियो । घरमा प्रश्नपत्र पाउने भाग्यमानी डीएसपी हुन्, रुपेश खड्का ।

प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए । यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएका हुन् । डीएसपी खड्कालाई प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरिक्षक (सई) जनक थापा उनको घरमा पुगेका थिए ।

डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएपमार्फत उनी निकट एकजनालाई प्रहरी नायव निरीक्षक (सईलाई प्रश्नपत्रको फोटो खिचेर पठाएको प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रश्नपत्र लिक भएको सुराक पाएपछि युएन शाखाका एसपी अनुपम शम्शेर जबराले साउन १६ को परीक्षामा पहिले तयार गरेको सेट रद्द गरेर नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिन लगाएका थिए । रातो पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो। आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका […]

error: Content is protected !!