१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

तुल्सीपुर उपमहानगरपालिकाले व्यापारीको पसलमा डोजर चलाउदै

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

दाङ । उपमहानगरपालिकाले तुलसीपुर बसपार्क पिपलबोट देखि सुर्खेत रोड पातुखोला पुलसम्म बाटोको दायाँ बायाँ राखीएका घुम्ति ढेब्ली, ठेला गाडा हटाएको छ । गएको साउन १० गते सार्वजनिक सुचना जारी गदै तिन दिन भित्र अनाधिकृत रुपमा राखीएका ढेब्ली,ठेला हटाउन आग्रह गरिएको थियो । तर सुचना जारी गरेको एक हप्ता भन्दा बढि समय वितिसक्दा समेत सम्वन्धित व्यक्तिहरुले नहटाएपछि मंगलवार जे सी वीको सहायतामा ढेब्ली,ठेलाहरु हटाईएको तुलसीपुर उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमको नेतृत्वमा गएको टोलीले बसपार्क देखी उत्तरतर्फ मासु मार्केट नजिकै भरखरै राखीएका नयाँ पाँच वटा घुम्ति ढेब्ली, बसपार्क भित्र जाने सडक छेउमा रहेको एउटा ढेब्ली र बसपार्क देखी पातुखोला पुल सम्म सडक छेउमा राखीएका दर्जनौ फलफुलको ठेलाहरु हटाईएको हो । व्यापारीहरुले पहिले नै आफना सरसमानको व्यवस्थापन गरेका थिए ।
तर कतिपयले समान व्यवस्थापन गर्न नमानेपछि केहि क्षति भएको छ । उता ठेला गाडामा ब्यापार गरेर आफ्नो जिबिका चलाउदै आयका ब्यापारीहरु भने रुम कि हासम भएका छन अब खानी बसनी क्यारी हो भन्दै एक आपसमा कराउँदै चिच्याउनु बाहेक केही उपाय लागेन फुटफाट रुपमै व्यापार व्यवसाय गदै जिविकोपार्जन गदै आएकाहरु अहिले समस्यामा परेका परेका छन् उपमहानगरपालिकालाई कर नतिरेका र अव्यवस्थित तथा अनाधिकृत रुपमा व्यापार व्यवसाय गर्दा सडक साघुरो हुँदा दुर्घटनाको जोखिम हुने भएकाले आफुहरुले हटाएको कार्यालयले बताएको छ । तर उनीहरुको समस्याको पहिचान गरी आबश्यक व्यवस्थापन गर्ने गरी बुधवार छलफलका लागी बोलाइएको उपमहानगरपालिका कार्यालयले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]