१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

तुल्सीपुर उपमहानगरपालिकाले व्यापारीको पसलमा डोजर चलाउदै

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

दाङ । उपमहानगरपालिकाले तुलसीपुर बसपार्क पिपलबोट देखि सुर्खेत रोड पातुखोला पुलसम्म बाटोको दायाँ बायाँ राखीएका घुम्ति ढेब्ली, ठेला गाडा हटाएको छ । गएको साउन १० गते सार्वजनिक सुचना जारी गदै तिन दिन भित्र अनाधिकृत रुपमा राखीएका ढेब्ली,ठेला हटाउन आग्रह गरिएको थियो । तर सुचना जारी गरेको एक हप्ता भन्दा बढि समय वितिसक्दा समेत सम्वन्धित व्यक्तिहरुले नहटाएपछि मंगलवार जे सी वीको सहायतामा ढेब्ली,ठेलाहरु हटाईएको तुलसीपुर उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमको नेतृत्वमा गएको टोलीले बसपार्क देखी उत्तरतर्फ मासु मार्केट नजिकै भरखरै राखीएका नयाँ पाँच वटा घुम्ति ढेब्ली, बसपार्क भित्र जाने सडक छेउमा रहेको एउटा ढेब्ली र बसपार्क देखी पातुखोला पुल सम्म सडक छेउमा राखीएका दर्जनौ फलफुलको ठेलाहरु हटाईएको हो । व्यापारीहरुले पहिले नै आफना सरसमानको व्यवस्थापन गरेका थिए ।
तर कतिपयले समान व्यवस्थापन गर्न नमानेपछि केहि क्षति भएको छ । उता ठेला गाडामा ब्यापार गरेर आफ्नो जिबिका चलाउदै आयका ब्यापारीहरु भने रुम कि हासम भएका छन अब खानी बसनी क्यारी हो भन्दै एक आपसमा कराउँदै चिच्याउनु बाहेक केही उपाय लागेन फुटफाट रुपमै व्यापार व्यवसाय गदै जिविकोपार्जन गदै आएकाहरु अहिले समस्यामा परेका परेका छन् उपमहानगरपालिकालाई कर नतिरेका र अव्यवस्थित तथा अनाधिकृत रुपमा व्यापार व्यवसाय गर्दा सडक साघुरो हुँदा दुर्घटनाको जोखिम हुने भएकाले आफुहरुले हटाएको कार्यालयले बताएको छ । तर उनीहरुको समस्याको पहिचान गरी आबश्यक व्यवस्थापन गर्ने गरी बुधवार छलफलका लागी बोलाइएको उपमहानगरपालिका कार्यालयले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!