२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

डीआईजी लोहनीले लमजुङको प्रहरी चौकी नवनिर्मित भवन उद्‍घाटन नागरिकको पिरमर्का साथ दिन निर्देशन

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

ABC (क्राईमबिट)
पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिवेश लोहनीले प्रहरी चौकी धमिलिकुवा लमजुङको नव-निर्मित भवनको शुक्रबार उद्‍घाटन गरेका छन् ।

नेपाल सरकारको नियमित बजेटबाट लमजुङ जिल्लाको राईनस नगरपालिका-०६ धमिलिकुवामा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रडीआईजी लोहनीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

उक्त कार्यक्रममा राईनस नगरपालिकाका मेयर सिंह बहादुर थापा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी., लमजुङका प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुईटेल, जिल्ला प्रहरी कार्यालय लमजुङ प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, स्थानीय जनप्रतिनिधि लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]