१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जमुनाह प्रहरीले धमाधम ब्राउन सुगरसहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८


ABC (क्राइमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले लागुऔषधसहित
२ जना पक्राउ गरेको छ् । जमुनाह प्रमुख पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो ।
रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर नेपाल भित्राउनेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

जेनिसले जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर उनिहरुले ब्राउन सुगर भित्र्याउन लागेको प्रहरीले जनाएको छ।

पछिल्लो समय जमुनाह प्रहरीले धमाधम लागु औषध कारोबारि तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरिरहेको छ । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भैरहेको बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्योपानेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!