१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

जमुनाह प्रहरीले धमाधम ब्राउन सुगरसहित दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८


ABC (क्राइमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले लागुऔषधसहित
२ जना पक्राउ गरेको छ् । जमुनाह प्रमुख पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो ।
रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर नेपाल भित्राउनेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

जेनिसले जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर उनिहरुले ब्राउन सुगर भित्र्याउन लागेको प्रहरीले जनाएको छ।

पछिल्लो समय जमुनाह प्रहरीले धमाधम लागु औषध कारोबारि तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरिरहेको छ । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भैरहेको बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्योपानेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!