१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दाङ प्रहरीले जंगली जनावरको सुकाएको मासुसहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

ABC (क्राईमबिट)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् ।

शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर
नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो । हाल गिरी र संकास्पद मासुलाई ईलाका प्रहरी कार्यालय गढवामा राखिएको दाङका प्रहरी एसपी सुरेश काफ्लेले बताए ।

यस्तै एसपी काफ्लेका अनुसार हिजो र आज सार्वजनिक विदा भएकोले उक्त संकास्पद मासु वनलाई नबुझाएको र भोलि वन कार्यालय खुलेपछि बुझाएर परिक्षण गरिने बताएका छन् ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर २ निवासी शरद कुमार बुढाथोकीले सो संकास्पद भनिएको मासु १००% जंगली जनावरको सुकुटी भएको बताएका छन् । गिरीलाई राजनीति दबाबबाट बचाउन खोजिएको छ,बुढाथोकीले भने । विगतका वर्षमा पनि गिरीले त्यस गाउँबाट जंगली जनावरको सुकुटी ओसारपसार गरेर अवैधानिक कारोबार गर्ने गरेको भन्दै बुढाथोकीले आरोप लगाएका छन् ।

यस्तै गिरी पटौली नाकामा रहेको बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनी सो विद्यालय संचालन कार्यमा राजनीतिको आतमा एकलौटी हैकम जमाउने र त्यस पटौली नाका गाउँ बासीलाई पन्जाको मुनीमा राख्ने कार्य पनि गर्दै आएका छन् भनि बुढाथोकीले गम्भीर आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]