०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

दाङ प्रहरीले जंगली जनावरको सुकाएको मासुसहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

ABC (क्राईमबिट)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् ।

शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर
नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो । हाल गिरी र संकास्पद मासुलाई ईलाका प्रहरी कार्यालय गढवामा राखिएको दाङका प्रहरी एसपी सुरेश काफ्लेले बताए ।

यस्तै एसपी काफ्लेका अनुसार हिजो र आज सार्वजनिक विदा भएकोले उक्त संकास्पद मासु वनलाई नबुझाएको र भोलि वन कार्यालय खुलेपछि बुझाएर परिक्षण गरिने बताएका छन् ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर २ निवासी शरद कुमार बुढाथोकीले सो संकास्पद भनिएको मासु १००% जंगली जनावरको सुकुटी भएको बताएका छन् । गिरीलाई राजनीति दबाबबाट बचाउन खोजिएको छ,बुढाथोकीले भने । विगतका वर्षमा पनि गिरीले त्यस गाउँबाट जंगली जनावरको सुकुटी ओसारपसार गरेर अवैधानिक कारोबार गर्ने गरेको भन्दै बुढाथोकीले आरोप लगाएका छन् ।

यस्तै गिरी पटौली नाकामा रहेको बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनी सो विद्यालय संचालन कार्यमा राजनीतिको आतमा एकलौटी हैकम जमाउने र त्यस पटौली नाका गाउँ बासीलाई पन्जाको मुनीमा राख्ने कार्य पनि गर्दै आएका छन् भनि बुढाथोकीले गम्भीर आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]