१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०७, २०७८

(महेन्द्र सिंह)
बर्दिया । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागुऔषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

शंकास्पद देखिएपछि चेकजाँच गर्दा यादवको हाफ पाइन्टको दाहिने गोजीमा २७ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!