१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

अफगानिस्तानको पन्जसिर लडाकुको आक्रमणमा परेर ३ सय तालिबानको मृत्यु

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

(ABC-Sanchar)
काठमाडौं । अफगानिस्तानको पन्जसिरमा रहेका तालिबानविरुद्धका लडाकुले आफ्नो आक्रमणमा ३ सय तालिबानहरु मारिएको दाबी गरेको छ। यसबीचमा देश छाडेर भागेका उपराष्ट्रपति अमरुल्ला सालेहले पनि पन्जसिर उपत्यकामा तालिबान पक्षलाई ठूलो क्षति भएको ट्विट गरेका छन्।

पन्जसिर लगायत केही स्थानमा अझै तालिबानले नियन्त्रण कायम गर्न सकेका छन्। सोमबार राति नै तालिबानहरु त्यसतर्फ अगाडि बढेका थिए। तालिबानविरुद्धको अभियानमा लागेका लडाकुहरुको एम्बुस र गोलाबारीमा परेर ३ सय तालिबान मारिएको बताइएको छ।

लडाकुले राजमार्ग छेकेका थिए। जसकारण तालिबानलाई बिचमा पारेर लडाकुले आक्रमण गरेको आशंका गरिएको छ। तालिबानले उनीहरुविरद्ध कडा आक्रमण गर्ने प्रयास गरेता पनि तालिबानविरद्धका लडाकु पनि युद्धको लागि तयार देखिएका छन्।

तालिबानविरुद्धका यी लडाकुहरु पूर्व सेना तथा प्रहरीहरुको समूह भएको बताइएको छ। उनीहरु लामो समयको युद्धको लागि तयार भएको बताइन्छ। यद्यपी तालिबानसँग वर्तामा बसेर आफ्नो माग पुरा गराउन पनि उनीहरु चाहने बताइन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]