०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

नेपाल प्रहरीको लेखापाल सरुवामा गृहमन्त्रीको लिष्टले आईजीपीलाई तनाब

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको लेखापालको सरुवा रोकिदा संगठनमै समस्या आएको छ । समयमा सरुवा नहुँदा कतिपय कार्यालयका प्रहरीले तलब समेत पाउन सकेका छैनन् । सरुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच कुरा नमिल्दा विवाद भएको स्रोत बताउँछ ।

कांग्रेस निकट केही लेखापालहरुले संगठनको नीति विपरीत आफ्नो सरुवामा दबाब दिएपछि विवाद भएको बताइन्छ । मन्त्री बालकृष्ण खाणले नयाँ इन्ट्री भएका लेखापाललाई पनि जिल्ला पठाउनुपर्ने, जिल्लामा रहेकालाई एक वर्षमै हटाउनुपर्ने र ६ वर्ष पुगेकालाई पनि लेखापालमै खटाउनुपर्ने दबाब दिएको गृह स्रोत बताउँछ । जसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असहमति जनाएका छन् ।

प्रहरीमा लेखापालको अवधि दुई वर्षको हुन्छ । तर, गृहमन्त्रीले एक वर्षमै सरुवा गर्नुपर्ने बताएपछि प्रहरीमा हंगामा मच्चिएको छ । अझ भर्खरै तालिम गरेकालाई सिधैं जिल्ला पठाउन भनिएको छ । ६ वर्ष लेखापालमा बसेर अकुत कमाएकाहरुले पैसा उठाएर फेरि पनि लेखापालमै बस्ने प्रयास गरिरहेका छन् । गृहमन्त्रीले नयाँ र भ्रष्ट अधिकृतहरुलाई महत्वपूर्ण जिल्लामा पठाउन भन्दै लिष्ट दिएपछि प्रहरी महानिरीक्षक क्षेत्री तनावमा परेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । यसरी लेखाको नीतिकै धज्जी उडाएर सरुवा भए आफु बदनाम हुने डर उनको छ । दृष्टि साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]