०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

रौतहटमा पत्रकारलाई फसाउन खोज्ने एसएपी शाह निलम्बित

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहको संलग्नताको रहेको पाईएपछि उनलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।

एसएपी शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने जानकारी गराउँदै तत्कालका लागि जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी शाहकै योजनामा भएको आशंका गरिएको हो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ ।

तर घटनामा निर्दोष सावित भएका दुई पत्रकारलाई सोमबार छाडिएको छ । त्यस्तै सोमबार नै घटनामा संलग्न रहेको पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको थियो । तर एसपीले घटनामा संलग्नसँग गरेको कुराकानीमा उनकै योजनामा भएको देखिएपछि प्रधान कार्यालयले छानबिन थालेको हो ।

गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]