०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

काबुल विमानस्थलमा खतरा अमेरिका र बेलायतले दिए चेतावनी

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

(एजेन्सी)
अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ ।

बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ ।

१० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक नफर्केसम्मका लागि अमेरिकी सेना काबुल विमानस्थलमा बस्ने दाबी गरेका थिए, तर यस घोषणामा तालिवानले आपत्ति जनाएको थियो ।

उसले ३ अगस्टको समयसीमा बढाउन नहुने भन्दै आपत्ति जनाएको थियो, तर अलपत्र परेका विदेशी र अफगानी नागरिकहरुलाई भने त्यसपछि पनि देश छाड्न दिइने वचन तालिवानले दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!