१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

काबुल विमानस्थलमा खतरा अमेरिका र बेलायतले दिए चेतावनी

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

(एजेन्सी)
अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ ।

बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ ।

१० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक नफर्केसम्मका लागि अमेरिकी सेना काबुल विमानस्थलमा बस्ने दाबी गरेका थिए, तर यस घोषणामा तालिवानले आपत्ति जनाएको थियो ।

उसले ३ अगस्टको समयसीमा बढाउन नहुने भन्दै आपत्ति जनाएको थियो, तर अलपत्र परेका विदेशी र अफगानी नागरिकहरुलाई भने त्यसपछि पनि देश छाड्न दिइने वचन तालिवानले दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]