०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

सुनसरी प्रहरीले एकैदिन ८३ फरार प्रतिवादी गर्‍यो पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

ABC (क्राईमबिट)
सुनसरी । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आ.व. २०७८/०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली वेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]