१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

विस्फोटमा मृत्यु हुनेको संख्या ११० जना पुग्यो,नेपालीहरु सुरक्षित

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं । अफगानिस्थानको राजधानी काबुल एयरपोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुगेको छ।

१३ अमेरिकी सेना सहित अफगानी नागरिक सो हमलामा मारिएका हुन। अझै धेरै अस्पतालमा उपचार गराईरहेका छन।

आईएस आईएस समूहले सो हमलाको जिम्मेवारी लिएको छ। तालिबान समूहले सत्ताकब्जा गरेपछि विमानस्थलहरुमा देश छाड्नेहरुको भीड छ। अझै धेरै देशहरुले उद्धारलाई जारी राखेका छन।

यसैबीच, अफगानिस्थानमा उद्धारका लागि पखाईमा रहेका नेपालीहरु भने सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका सम्पर्कमा आएका सबै नेपालीहरूलाई एक ठाउँमा राखिएको छ।

अहिले नै एयरपोर्ट जाने अवस्था नरहेका कारण उनीहरूलाई समय अनुकूल हुने बित्तिकै त्यहाँबाट जहाँ मिल्छ, त्यसै देश ट्रान्जिट पार्ने गरी उद्धार गर्ने तयारी रहेको उनले बताइन ।

नेपाल आफैले अहिले अफगानिस्तानबाट उद्धार गर्न सक्ने अवस्था नरहेका कारण तेस्रो देशसँग भनेर उद्धारका लागि कुर्नु पर्ने अवस्था रहेको छ
हालसम्म अफगानिस्तानबाट ७ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!