१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

लागूऔषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरीको सफलतानै सफलता

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८


(महेन्द्र सिंह)
बर्दिया । गुलरिया लागूऔषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरी सशक्त र प्रभावकारी रूपमा अगाडी बढिरहेको छ ।
भदौ १० गते बर्दिया गेरुवा गाउँपालिका वडा नं.२ बस्ने बर्ष २३ को राजेश थारु र ऐ.वडा नं.३ बस्ने बर्ष २३ को अमित बि.क. पक्राउ परेका छन् । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया वडा नं.११ लालपुरगाउँ स्थित सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी खान तलासी लिंदा निजहरुको साथबाट ५३ ट्याब्लेट लागु औषध नाईट्राभेट फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो । लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको छ।
भदौ १० गते सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि भे.५प. १६८७ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याई सडक छेउमा वेवारिसे अवस्थामा राखेका अन्दाजी मुल्य रू ६० हजार ६ सय बराबरका डोरी, चुल्हो र मोटरसाईकल समेत फेला पारेको छ । रितपुर्वक बरामद गरी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!