१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

लागूऔषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरीको सफलतानै सफलता

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८


(महेन्द्र सिंह)
बर्दिया । गुलरिया लागूऔषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरी सशक्त र प्रभावकारी रूपमा अगाडी बढिरहेको छ ।
भदौ १० गते बर्दिया गेरुवा गाउँपालिका वडा नं.२ बस्ने बर्ष २३ को राजेश थारु र ऐ.वडा नं.३ बस्ने बर्ष २३ को अमित बि.क. पक्राउ परेका छन् । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया वडा नं.११ लालपुरगाउँ स्थित सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी खान तलासी लिंदा निजहरुको साथबाट ५३ ट्याब्लेट लागु औषध नाईट्राभेट फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो । लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको छ।
भदौ १० गते सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि भे.५प. १६८७ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याई सडक छेउमा वेवारिसे अवस्थामा राखेका अन्दाजी मुल्य रू ६० हजार ६ सय बराबरका डोरी, चुल्हो र मोटरसाईकल समेत फेला पारेको छ । रितपुर्वक बरामद गरी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]