१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

पर्सा प्रहरीले ६ लाख मोटरसाइकल रकमसहित १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८


ABC (क्राईमबिट)
बिरगंज । पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

‘पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी इनर्वाबाट वीरगंज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटमा नियमित चेकिङ्गमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ आउदै गरेको ना ८ प १८७ नम्बरको हिरो होन्डा सपेलेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकल चालक तेलीले लगाएको पाइन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
उक्त रकम तथा मोटरसाइकल बरामद गरी निज तेलीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]