१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पर्सा प्रहरीले ६ लाख मोटरसाइकल रकमसहित १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८


ABC (क्राईमबिट)
बिरगंज । पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

‘पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी इनर्वाबाट वीरगंज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटमा नियमित चेकिङ्गमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ आउदै गरेको ना ८ प १८७ नम्बरको हिरो होन्डा सपेलेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकल चालक तेलीले लगाएको पाइन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
उक्त रकम तथा मोटरसाइकल बरामद गरी निज तेलीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!