२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिका सेनाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल तालिबानको कब्जामा

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

(एजेन्सी)
अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।

काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।

लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।

त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।

नबिह बुलोस क्यामरामा भन्छन्, ‘हामी यहाँ तालिबानसँगै छौं । उनीहरु केही मिनेट अघि काबुल विमानस्थलमा अमेरिकाको नियन्त्रण भएको हिस्सामा प्रवेश गरेका छन् । अब उनीहरुले यहाँ आफ्नो नियन्त्रण स्थापित गरेका छन् ।’ केही अन्य भिडियो पनि सार्वजनिक भएका छन् जसमा तालिबान लडाकू आफ्नो मेसिनगनमार्फत् खुसीले फायरिङ गरिरहेका थिए । उनीहरु तस्बिर खिचिरहेका छन्, उत्सव मनाइरहेका छन र विमानस्थलका अन्य स्थानको अनुसन्धान पनि गरिरहेको देख्न सकिन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!