०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

अमेरिका सेनाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल तालिबानको कब्जामा

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

(एजेन्सी)
अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।

काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।

लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।

त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।

नबिह बुलोस क्यामरामा भन्छन्, ‘हामी यहाँ तालिबानसँगै छौं । उनीहरु केही मिनेट अघि काबुल विमानस्थलमा अमेरिकाको नियन्त्रण भएको हिस्सामा प्रवेश गरेका छन् । अब उनीहरुले यहाँ आफ्नो नियन्त्रण स्थापित गरेका छन् ।’ केही अन्य भिडियो पनि सार्वजनिक भएका छन् जसमा तालिबान लडाकू आफ्नो मेसिनगनमार्फत् खुसीले फायरिङ गरिरहेका थिए । उनीहरु तस्बिर खिचिरहेका छन्, उत्सव मनाइरहेका छन र विमानस्थलका अन्य स्थानको अनुसन्धान पनि गरिरहेको देख्न सकिन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]