०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सरकारी कागज छाप किर्ते मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

(रवि वर्णवाल)
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतले २०७५ भदौ १५ गते १ वर्ष कैद र १ करोड २५ लाख जरीवाना तोकेदेखि फरार रहेका मिश्र आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा पर्सागढी नगरपालिका वडा नम्बर २ बागवानाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मिश्रलाई शुक्रवार नै जिल्ला अदालतमा बुझाइने पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]