१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेको गाभरमा बाघले मान्छे खायो स्थानीयहरु आतंकित बाघलाई नियन्त्रण गर्न माग

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

ABC (क्राईमबिट)
बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभयो ।

मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् । केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।

‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भन्नुभयो । मृतकको शव पुर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उहाँको भनाई छ । लामाका अनुसार बाघले मृतकको आधा शरिर खाइसकेको छ । आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको लामाको भनाई छ ।

‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई÷तिन दिनदेखी प्रायः भेटिन्छन्, हामीले धेरै पटक बाघलाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उहाँले भन्नुभयो ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाईरहेको छ, हामी धेरै नै त्रसित भएका छौं ।’ अहिले घटनास्थलमा गाउँपालिका वडाका जनप्रतिनिधी, प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!