१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीको ठुलो सफलता ५० लाख बार्गेनिङ गर्ने ३ जना महिला पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
घोराही १५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।एसपी काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार रहेका छन् ।
‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनी घोराही–१५ मा रहेको कोहिनून रेष्टुरेन्टमा बोलाएका रहिछन्’ –पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन । त्यसपछि ती पुरुषलाई तथानाम गाली गलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’
त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु पर्यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको र अन्त्यमा एक लाख रुपैया नगद र १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई लिइसकेको अवस्थामा प्रहरीले शनिबार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!