२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

राजपुरका प्रमुख प्रशासकीय अधिकृत खनाललाई बिदाई,अर्को अधिकृत को आउने जानकारी छैन

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८


(अङ्कित डिसी)
दाङ । राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई सोमबार गाउँपालिकाले एक कार्यक्रमको बीचमा भव्य सम्मान गर्दै बिदाई गरेको छ ।

गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव लगायत जनप्रतिनिधि, कर्मचारीको बाक्लो उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत खनाललाई टीका एवं मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।

खनाल चितवनको मालपोत कार्यालयमा सरुवा भएर जान लाग्नु भएको छ । यस अघि अधिकृत खनाल भैरहवा मालपोत कार्यालयदेखि राजपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर २०७७ साल कार्तिक २ गते हाजिर हुन आउनु भएको थियो ।

त्यस्तै अधिकृत खनालले राजपुर गाउँपालिकामा आफू रहदा जनप्रतिनिधि,कर्मचारी र विभिन्न राजनीतिक दल, पत्रकार,प्रहरी प्रशासन र आम राजपुर बासिले मिठो साथ सहयोग दिएको बताउनु भयो । राजपुर गाउँपालिकामा आउँदा कोभिड-१९ को ठुलो प्रभाव थियो त्यसैले म रहदै गर्दा विकास निर्माणको काम भन्दापनि आम नागरिकलाई बचाउने अभियानमा यहाँका जनप्रतिनिधि,कर्मचारी समाजसेवी एवं बुद्धिजीवी लगायत अन्य गैरसरकारी संघ संस्थासंग सहकार्य र समन्वय गरि लागि पर्‍यौं अधिकृत खनालले भन्नु भयो । लगभग एक वर्षको बसाईमा म राजपुर गाउँपालिकाको दुर्गम खोला नाकाको बस्तीहरुमा स्थलगत पुगेर त्यहाँको समस्यालाई नजिकबाट बुझ्न् सकेको बताउनु भयो ।

त्यस्तै आफू अहिले आफ्नै पारिवारिक समस्या बुवालाई उपचार गर्नु पर्ने र छोरीको चितवनमा पढाई चलिरहेको हुँदा केन्द्र देखि नै सरुवा मिलाएर जान लागेको सिधापत्रसंग बताउनु भयो । यस्तै खनालले सिधापत्र संगको संक्षिप्त कुराकानीमा अझै पनि आफ्नो जागिरको समय १२/१३ वर्ष रहेकोले पुनः राजपुर गाउँपालिकामा आउँन सक्ने जानकारी दिनु भयो । खनाल राजपुर गाउँपालिकाको चौथो प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउँनु भएको थियो ।

त्यस्तै अहिलेसम्म राजपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत को आउँने हो भन्ने अझै निश्चित र जानकारी नभएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो । गाउँपालिकामा अधिकृत को आउने हो हामीलाई कुनै जानकारी छैन सायद दशै अघि नै पठाउछ होला अध्यक्ष केसीले भन्नू भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]