१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

मोसो प्रकरण सर्जन परियारसहित ३ जना ५० हजार धरौटीमा रिहा १जना पुर्वपक्षको लागि जेल चलान

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८


(ABC-Sanchar)
दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथी दलिएको कालो मोसो प्रकरणमा अभियोगमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् ।
गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले थुनछेक आदेशमा डागिलाइ पुर्पक्षका लागि थुनामा पठाउने र ३ जनालाइ धरौटिमा छोड्न आदेस दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।मोसो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र दिवस क्षेत्री भने ५० हजार रुपैँया धरौटी बुझाएर आईतबार रिहा भएका छन । मेसु सिंहले परियारसहित उनको समुहले कार्यकक्षमा आफुलाइ कालोमोसो दलेको बताएका थिए ।
बिरामीहरुको कल्चर जाँचका बिषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा गएका केही युवाहरुले मेसु सिंहलाई कार्यकक्षमै मोसो दलेर भागेका थिए । केही दिन लुकिछुपी बसेका परियार आफै जिल्ला प्रहरी कार्यालय दाङ पुगेर आत्मसमर्पण गरेका थिए । पक्राउ परेपछि परियारको समूहले प्रहरी हिरासतमै भोक हड्ताल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!