१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

मोसो प्रकरण सर्जन परियारसहित ३ जना ५० हजार धरौटीमा रिहा १जना पुर्वपक्षको लागि जेल चलान

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८


(ABC-Sanchar)
दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथी दलिएको कालो मोसो प्रकरणमा अभियोगमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् ।
गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले थुनछेक आदेशमा डागिलाइ पुर्पक्षका लागि थुनामा पठाउने र ३ जनालाइ धरौटिमा छोड्न आदेस दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।मोसो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र दिवस क्षेत्री भने ५० हजार रुपैँया धरौटी बुझाएर आईतबार रिहा भएका छन । मेसु सिंहले परियारसहित उनको समुहले कार्यकक्षमा आफुलाइ कालोमोसो दलेको बताएका थिए ।
बिरामीहरुको कल्चर जाँचका बिषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा गएका केही युवाहरुले मेसु सिंहलाई कार्यकक्षमै मोसो दलेर भागेका थिए । केही दिन लुकिछुपी बसेका परियार आफै जिल्ला प्रहरी कार्यालय दाङ पुगेर आत्मसमर्पण गरेका थिए । पक्राउ परेपछि परियारको समूहले प्रहरी हिरासतमै भोक हड्ताल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]