२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस रोल्पाको होलेरीमा सप्पन्न

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८


(ABC-Sanchar)
प्युठान । सवै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु विच अन्र्तक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।
कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्वन्धी अन्र्तक्रिया गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिक वाट आएको प्रश्न तथा विचार संग सरोकारवाला विच वृहत छलफल समेत भएको वताईएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र होलेरीको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक दिर्घ बहादुर खड्का रहनु भएको थियो भने प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना ,विशिष्ट अतीथीमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिवराज थापा,प्राथमिक स्वास्थ्य केन्द्र होलेरी का डा.विशाल कवंर,लगायत स्थानिय जेष्ठ नागरिकहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
जेष्ठ नागरिक रुद्रमणि सुवेदी को स्वागत मन्तव्य वाट सुरु गरिएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख शिला मल्ले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]