२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ तुल्सीपुरका सञ्चारकर्मी हेमप्रकाश वलीको उपचारको क्रममा कोहलपुरमा निधन

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

 

दाङ । लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीको निधन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए ।
वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मुटुमा बस्न सफल थिए ।

अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए । समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो ।

सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु¥याएको थियो । रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।

काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन सकेनन् । उनले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बाचन र लेखनको काम गर्थे ।

त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे । फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसीपुरमा बसाई सरेको थियो ।

बिदेशमै छँदा वलीको पहिलो पत्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए ।
तर,यही बीचमा बिगत केही बर्ष यता उनी डिप्रेसनमा पुगे । उनले केही समय त्यसको औषधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृहमा पनि पठाए ।

पछिल्लो समय श्रीमतिसंगको झगडाले उनी कारागार बस्नु परेको थियो । झरौटीमा निस्किएको हप्ता दिन नबित्दै शुक्रबार बिहान तुलसीपुरस्थित एक होटेलमा वलीले बिषादी सेवन गरेको प्रहरीले जनाएको छ । त्यसैले उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भयो । पछिल्लो समय उनको प्रिय बस्तु मदिरा बनेको थियो ।
पारिवारीक स्रोतका अनुसार वलीको पहिलो श्रीमति बाट एक छोरी र अहिलेको श्रीमतिबाट एक छोरा छन् । तर, पहिलो श्रीमति संग कुनै सम्पर्क र सम्बन्ध थिएन ।

बिहानै लेखेका थिए स्ट्याटस
वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याटस लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्कर्षमा उल्लेख गरेका छन् । ‘तिम्लाई समाजको लाजले घर आउन दिएन, मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको निशानीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।

त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्लेख गरेका छन् । पछिल्लो झगडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालयबाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए । फरक-कोणबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]