
ABC (क्राईमबिट)
दाङ । देउखुरीमा जंगली जनावरको सुकुटीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ लैबरुवा बस्ने २८ वर्षीय बलबहादुर कुमाल र सोही गाउँ बस्ने २८ वर्षीय मीनबहादुर वली रहेका छन् ।
गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्को कट्टामा २५ किलो सुकुटी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए ।