
(मदन मुस्कान)
दाङ । तुलसीपुरमा शनिबार सम्पन्न
अजम्बरी कृषि सहकारी सँस्थाको
दशाैँ वार्षिक साधारणसभा सम्पन्न
भएको छ । सँस्थाका अध्यक्ष दिपक वलीकाे अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिका -७ का वडा अध्यक्ष टाेप बहादुर केसीको प्रमुख आतिथ्यता तथा गाेबिन्द बहादुर डिसीकाे विशिष्ट आतिथ्यतामादसाे साधारणसभा सम्पन्न भएकाे थियाे । सँस्थाका व्यवस्थापक ईश्वर विसीकाे स्वागत मन्तव्यबाट सुरु भएको साे कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका -७ कि वडा सदस्यीय साबित्रा गुरुङ, पत्रकार दाेर्ण केसी, पत्रकार मदन मुष्कान लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । सँस्थाका सचिव अाेमलाल बुढाथोकीले साँगठानिक तथा काेषाध्यक्ष शैलेन्द्र कुमार वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको साे कार्यक्रममा सँस्थाले असल ऋषीमा सावित्रा बिक, असल बाल बचतमा दिपा वली र असल बचतमा देव बहादुर परियारलाई सम्मान गरेकाे छ ।
यसैबिच सँस्थाले सहकारीमा रिक्त रहेकाे पदहरुमा नयाँ समिति थप गरेकाेछ जसमा : ऋष उपसमितिकाे सदस्यीयमा दाेर्ण बहादुर केसी, सञ्चालक समितिको सदस्यीयमा मदन मुष्कान, सल्लाहकारमा ईन्द्रा शर्मा, नाखी रावत, भुपेन्दर केसी र लेखा समितिमा राेमहर्ष शर्मा, जानकी वली र खिमला वलीलाई चयन गरिएको छ ।