०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

प्यूठानबाट ७१ बोरा अबैध सुर्ती राजश्व कार्यालयले पक्राउ गरि ल्यायो

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्यूठान जिल्लाबाट ठूलो परिमाणमा अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

कर छलेको सामान बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा निरिक्षणमा पुगेको टोलीले प्यूठानको सारीबाङबाट ७१ बोरा बजरंगी नामक सुर्ती बरामद गरेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।

उक्त सुर्ती कात्तिक ९ गते सारीबाङका नारायण पौडेलको पसलबाट बरामद गरिएको प्रमुख कोईरालाले जानकारी दिए ।

ठूलो परिमानमा कर छलिको अबैध सुर्ती बरामद भएसंगै तत्कालै पौडेललाई पनि नियन्त्रणमा लिइएको थियो ।

कार्यालय प्रमुख कोइरालाले पौडेलले अबैद्य रुपमा कर छलिका सामान ल्याएर बिक्रि बितरण गर्दै आएको गोप्य सूचनाका आधारमा अनुगनमा पुगेको टोलीले ७१ बोरा अबैध सुर्ती बरामद गरेको जानकारी दिए ।

सर्तीमा राजस्वको स्टिकर नटाँसेको पाइएको हुँदा सामानसहित पसल धनी पौडेललाई पनि नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएको सामान हाल अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा राखिएको प्रमुख कोईरालाले बताए ।हामीले पसल धनिसंग बयान लिने क्रम जारी छ,’ कोईरालाले भने ‘बयानका आधारमा दोषी उपर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइने छ ।’
राजश्व कार्यालय तुलसीपुरले साबिक राप्तीका पाँच जिल्लाहरुलाई कार्यक्षेत्र बनाएर यसअघि काम गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]