२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्यूठानबाट ७१ बोरा अबैध सुर्ती राजश्व कार्यालयले पक्राउ गरि ल्यायो

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्यूठान जिल्लाबाट ठूलो परिमाणमा अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

कर छलेको सामान बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा निरिक्षणमा पुगेको टोलीले प्यूठानको सारीबाङबाट ७१ बोरा बजरंगी नामक सुर्ती बरामद गरेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।

उक्त सुर्ती कात्तिक ९ गते सारीबाङका नारायण पौडेलको पसलबाट बरामद गरिएको प्रमुख कोईरालाले जानकारी दिए ।

ठूलो परिमानमा कर छलिको अबैध सुर्ती बरामद भएसंगै तत्कालै पौडेललाई पनि नियन्त्रणमा लिइएको थियो ।

कार्यालय प्रमुख कोइरालाले पौडेलले अबैद्य रुपमा कर छलिका सामान ल्याएर बिक्रि बितरण गर्दै आएको गोप्य सूचनाका आधारमा अनुगनमा पुगेको टोलीले ७१ बोरा अबैध सुर्ती बरामद गरेको जानकारी दिए ।

सर्तीमा राजस्वको स्टिकर नटाँसेको पाइएको हुँदा सामानसहित पसल धनी पौडेललाई पनि नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएको सामान हाल अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा राखिएको प्रमुख कोईरालाले बताए ।हामीले पसल धनिसंग बयान लिने क्रम जारी छ,’ कोईरालाले भने ‘बयानका आधारमा दोषी उपर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइने छ ।’
राजश्व कार्यालय तुलसीपुरले साबिक राप्तीका पाँच जिल्लाहरुलाई कार्यक्षेत्र बनाएर यसअघि काम गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]