१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चाडपर्वको मुख्यैमा तरकारीको मूल्य बढ्दा उपभोक्ताहरु मर्कामा

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८


(ABC-Sanchar)
कञ्चनपुर । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ। तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ।

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भन्नुभयो, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।”

तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उहाँले बताउनुभयो । “केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउथ्यो । केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो”, उहाँले भन्नुभयो, “त्यसैले मूल्य थोरै हुन्थ्यो । हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।”

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो । बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ ।

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ ।

यसैगरी रु ८० मा बिक्री हुँदै आएको प्याज रु १०० देखि रु १२०, गोलभेँडा ठूलो रु ८० बाट रु १२०, फर्सी रु ६० बाट रु १००, लौका रु ५० बाट रु ९०, बोडी रु ६० बाट रु १२० तथा काउली रु ६० बाट रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भण्टा रु ६० बाट रु १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा रु ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी रु ८० बाट रु १६०, तितेकरेला रु ६० बाट रु १४० र खुर्सानी रु ८० बाट रु १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । स्थानीय प्रशासनले तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!