१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

श्रीलङ्कामा भारी वर्षाले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

(ABC-Sanchar)
काठमाडौं । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।

आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो । मङ्गलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]