१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

अमेरिकी विद्यालयमा १ किशोरले गोली चलाउँदा ३ जनाको मृत्यु ८ जना घाइते

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । अमेरिकाको मिसिगनस्थित एउटा हाईस्कूलमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

घाइते हुनेमा विद्यार्थीसहित एक शिक्षक पनि भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा १६ वर्षका किशोर र १४ तथा १७ वर्षका किशोरी छन्।

प्रहरीले गोली चलाउने १५ वर्षका किशोरलाई गिरफ्तार गरेका छन्। उनले सेमि–अटोमिक ह्यान्डगन चलाएको बताइएको छ। उनले कम्तिमा २० गोली चलाएका थिए।

डेट्रायटदेखि लगभग ४० माइल पर अक्सफोर्ड शहरमा यो आक्रमण भएको बताइएको छ। किशोरले किन गोली चलाए भनेर केही खुलेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]