०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
×

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई विमानस्थलबाट पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

(ABC-Sanchar)
काठमाडौं । दुबई जान लागेकी ज्याकलिनलाई मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई पक्राउ गरिएको हो।

प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।

अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो।

प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई १० करोडभन्दा बढीको महंगो उपहार दिएका थिए। महंगो उपहारमा गहना, हिराका गहना सेट, क्रोकरी, ४ पर्सियन बिरालो र ५२ लाख रूपैयाँको घोडा समावेश छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ । बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज […]