२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मस्जिद भित्रै बन्दुकधारीको आक्रमण १६ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८

(ABC-Sanchar)
काठमाडौं । नाइजेरियाको एक मस्जिदमा बिहीबार बिहानै आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ। नाइजर प्रान्तको मस्जिद भित्रै घुसेर बन्दुधारीले गोली चलाएको बीबीसीले जनाएको छ।

मसेगु इलाकाको बारे गाउँमा भएको यस आक्रमणमा कयौं घाइते भएका छन्। बन्दुधारीले बिहानको नमाज पढिरहेका व्यक्तिमाथि अन्धाधुन्ध गोली हानेका थिए।

बन्दुकधारीहरु मोटरसाइकलमा आएका सशस्त्र समूह भएको बताइएको छ। यो घटना गराएर भागेका उनीहरुले बाटो हिँड्ने एक जनाको पनि गोली हानी हत्या गरेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]