२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बेलायती सेनाले खसालिदियो शत्रुको ड्रोन

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

(ABC-Sanchar)
लन्डन । बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् ।

दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो । आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो । ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र ध्वानीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ ।

रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई निशाना बनाउन सामर्थ्य रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]