१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पाकिस्तानको राजधानी बैंकभित्र विष्फोट १४ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, पुष ०४, २०७८


(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानको आर्थिक राजधानी कराचीमा एक निजी बैंकको शाखाभित्र भएको भयानक विष्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा अन्य व्यक्तिहरु घाइते भएको बताइएको छ । कराची पुलिसका एडिशनल आइजी गुलाम नबी मेमनका अनुसार विष्फोट बैंकको भवनमुनि रहेको ग्यास पाइपलाइनमा चुहावटका कारण भएको आशंका गरिएको छ ।

यद्यपि एडिशनल आइजी मेमनले विष्फोटको वास्तविक कारण केवल विशेषत्रले बताउन सक्ने बताए । सिंध प्रान्तका स्वास्थ्य मन्त्रीका अनुसार यो घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । उनले भने ‘यो घटना ठूलो त्रासदी हो । मृतकहरु र घायलहरुलाई कराची सिभिल अस्पताल ट्रमा सेन्टर र जिन्ना अस्पताल लगिएको छ ।’

सिंधका मुख्यमन्त्री मुराद अली शाहले कराचीका आयुक्तको घटनाको जाँच गर्न निर्देशन दिएका छन् । सिंधका स्वास्थ्य मन्त्री डा. अजरा पोचोहोको निर्देशनमा ट्रमा सेन्टर र जिल्ला अस्पतालमा आपतकाल घोषित गरिएको छ । स्वास्थ्य मन्त्रीले जारी गरेको बयानका अनुसार १२ जनाको शव ट्रमा सेन्टर पुगिसकेको छ र २ शव बाटोमै छन् । ११ शवको पहिचान गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर भएको बताइएको छ । एक जना भेन्टिलेटरमा र एक जना आइसीयुमा भएको बताइउको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!