०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

नवलपरासी एसपी मनोज कुमार यादवकाे सक्रियतामा ११ दिनमा ८० जना फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

(नन्दु यादव)
नवलपरासी । प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट ११दिनमा८०जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ,कुटपिट मुद्धाका, लुटपिट मुद्धाका अंशवण्डा मुद्धाका , गाली बेईज्यती मुद्धाका , जाल साझी मुद्धाका ,वन मुद्धाका ,लागुअाैषध अाेसारपसार मुद्दा लगायत विविध मुद्धाका अभियुक्तहरु लाई पक्राउ गरिएकाे छ । जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट , सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट , बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट , प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट फरार अभियुक्त पक्राउ गरीएको हो। पक्राउ गरिएका ८०जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही हुने बताईएकाे छ ।अझैपनि जिल्लामा अभियुक्त फरार रहेकाे ले खाेजतलास भईरहेकाे यादवले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]