१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नवलपरासी एसपी मनोज कुमार यादवकाे सक्रियतामा ११ दिनमा ८० जना फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

(नन्दु यादव)
नवलपरासी । प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट ११दिनमा८०जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ,कुटपिट मुद्धाका, लुटपिट मुद्धाका अंशवण्डा मुद्धाका , गाली बेईज्यती मुद्धाका , जाल साझी मुद्धाका ,वन मुद्धाका ,लागुअाैषध अाेसारपसार मुद्दा लगायत विविध मुद्धाका अभियुक्तहरु लाई पक्राउ गरिएकाे छ । जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट , सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट , बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट , प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट फरार अभियुक्त पक्राउ गरीएको हो। पक्राउ गरिएका ८०जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही हुने बताईएकाे छ ।अझैपनि जिल्लामा अभियुक्त फरार रहेकाे ले खाेजतलास भईरहेकाे यादवले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!