२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतमा ओमिक्रोन बढेसँगै उत्तर प्रदेशमा रात्रीकालीन कर्फ्यूको घोषणा

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । भारतमा पछिल्ला दिनमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
अन्य राज्यको तुलनामा भारतको उत्तर प्रदेशमा ओमिक्रोन संक्रमितको संख्या तीब्र गतिमा फैलिएपछि राज्य सरकारले रात्रीकालीन कर्फ्यूको घोषणा गरेको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय टिम–०९ लाई ओमिक्रोन नियन्त्रणका लागि राज्यभर रात्रीकालीन कर्फ्यू घोषणाका लागि निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशन बमोजिम भोली अर्थात् डिसेम्बर २५ पछि उत्तर प्रदेशभर राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको छ ।

बजारमा मास्र्क नहुनेलाई सामान नदिने अभियान पनि चलाउन सुरु गरिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!