१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

भारतमा ओमिक्रोन बढेसँगै उत्तर प्रदेशमा रात्रीकालीन कर्फ्यूको घोषणा

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । भारतमा पछिल्ला दिनमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
अन्य राज्यको तुलनामा भारतको उत्तर प्रदेशमा ओमिक्रोन संक्रमितको संख्या तीब्र गतिमा फैलिएपछि राज्य सरकारले रात्रीकालीन कर्फ्यूको घोषणा गरेको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय टिम–०९ लाई ओमिक्रोन नियन्त्रणका लागि राज्यभर रात्रीकालीन कर्फ्यू घोषणाका लागि निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशन बमोजिम भोली अर्थात् डिसेम्बर २५ पछि उत्तर प्रदेशभर राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको छ ।

बजारमा मास्र्क नहुनेलाई सामान नदिने अभियान पनि चलाउन सुरु गरिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]