१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सर्लाहीमा स्थानीयवासीहरुले प्रहरी भ्यानमा किन लगाए आगो ?

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

ABC (क्राईमबिट)
सर्लाही । आइतवार राति गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाएका छन्।

ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन्।प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।

यसैबीच प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते हुनुभएको थियो।

घाइते महतोको सर्लाही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। फेन्सी पसल बन्द गरेर ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकल चलाएर घर जाँदै गर्दा महतोलाई प्रहरीको भ्यानले ठक्कर दिएको थियो।

आइतवार राति नै महतोको ज्यान गए पनि प्रहरीले घटना लुकाएर आज सोमवार बिहान मात्र आफन्तलाई जानकारी दिएको स्थानीयवासीले दाबी गरेका छन्।घटनाको विरोधमा स्थानीयवासीले आज बिहानैदेखि बयलवास बजार बन्द गरेर इलाका प्रहरी कार्यालय घेराउ गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]