१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सिरहाको जारी निषेधाज्ञा हट्यो

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

(ABC-Sanchar)
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व(पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ।

मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको ह।

सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।

निषेधाज्ञा हटाइएको छ भने पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले आजै एक संयुक्त विज्ञप्ति जारी गर्दै शन्तिपूर्ण रुपमा निकास खोजी गर्न माग गरेका थिए।

उनीहरुले पक्राउ परेकालाई छाड्न र आन्दोलनको माग फिर्ता लिन आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]