१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपालगन्ज भेरी अस्पतालको क्वाटरमा ४ जनाको मृत्यु घटनाको अनुसन्धान गर्दै प्रहरी

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

(ABC संचार ब्युरो)
बाँके । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

एउटै कोठामा बसेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी अधिकारीले आफूहरु घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरीमै उपचार भइरहेको छ ।

भट्टराईकी श्रीमती २२ बर्षीया शुशीला, ३ बर्षीय छोरा दिवस र १८ बर्षीय भाइ नरेशको उपचार भइरहेको अधिकारीले बताए । सुत्ने बेला कोइला बालेर सुतेको बताइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!