०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

प्रेस कार्डको दुरुपयोग गरी लागूऔषध कारोबार गर्ने काठमाडौंबाट १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीले शनिबार विहान १०:३० बजेको समयमका.जि.का.म.न.पा. वडा नं. ३२ नरेफाट तरकारी बजार स्थितमा सडकखण्डमा अवैध लागू औषधको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा मनप्र प्रभाग कोटेश्वरका प्रनि सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले नरेफाँट तरकारी बजार ईलाकामा खोजतलास तथा चेकजाँच गर्ने क्रममा काठमाण्डौं मनोहरा फलफुल तथा तरकारी बजार नजिकबाट शंकास्पद अवस्थामा रहेका पछि नामथर खुल्न आएका जिल्ला धादिङ खनायबाँस गा.पा.४ घर भइ हाल काठमाण्डौं जिल्ला तारकेश्‍वर न.पा. ११ लोलाङ् बस्ने वर्ष ४६ को लेख बहादुर तामाङ्ग प्रहरी टोलीलाई देखी भाग्ने क्रममा तत्काल नियन्त्रणमा लिई शरीर खानतलासी लिने क्रममा निजले वोकेको खैरो रंगको झोलामा अवैध लागु औषध NOOPHIN, PHENERGAN , DIAZEPAM जम्मा ८९२ पीस लुकाई छिपाई राखी ल्याएको तथा निजको साथवाट युगान्तर मिडिया प्रा.लि को निजको नाम परिचय पत्रसमेत फेला परेको हुँदा उक्त लागू औषध, परिचय पत्र र मोवाईल थान -२ फेलापारी रीतपूर्वक वरामद गरी मानिस समेत नियन्त्रणमा लिई वृत्त बानेश्वरवाट लागू औषध नियनत्रण ऐन २०३३ वमोजिम थप अनुसन्धान भईरहेको ।
पक्राउ गरेका व्यक्ति
क) जिल्ला धादिङ खनायबाँस गा.पा.४ घर भइ हाल काठमाण्डौं जिल्ला तारकेश्‍वर न.पा. ११ लोलाङ् बस्ने वर्ष ४६ को लेख बहादुर तामाङ्ग वरामद लागूऔषध
सि.न लागूऔषधको नाम परिमाण
१) डाईजापाम २८४ एम्पुल
२) फेनारगन २९२ एम्पुल
३) नुफिन २८६ एम्पुल
जम्मा ८९२

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!