२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

काठमाडौं मेट्रोका एआइजी र अपराध महाशाखाका एसएसपी सरुवाको तयारी

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपी हेरफेरको तयारी थालेको छ । एक वर्षको अवधि पुगेकाले हेरफेर गर्न लागिएको हो ।

महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालको अवधि करिब १३ महिना भइसकेको छ । गत वर्ष मंसिरमा उनको मेट्रोमा सरुवा भएको थियो।

केपी ओली सरकारले गत असारमा उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेपनि लगत्तै शेरबहादुर देउवा सरकार आएपछि उनको सरुवा रद्द भएको थियो । कलेजदेखिका साथी बालकृष्ण खाण गृहमन्त्री भएकाले उनको सरुवा रोकिदिएका थिए । तर, पछिल्लो समय गृहमन्त्री खाण र एआइजी पालबीचको व्यक्तिगत सम्बन्ध बिग्रिएको छ ।

तीन जना भारतीयलाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको पाइएपछि एआइजी पाल झन् समस्यामा छन् । सो प्रकरणमा गृह मन्त्रालयले उनलाई कारबाहीको प्रयास गरेपनि बालुवाटारको दबाबमा कारबाही रोकिएको छ । बालुवाटारकै शक्तिमा बैशाखसम्म मेट्रोमै रहने पालको चाहना भएपछि गृहमन्त्री उनलाई हटाउने पक्षमा छन् ।

मेट्रोमा सरुवा हुन चाहने एआइजीको लबिङ नहुँदा पनि छिटो हेरफेर नभएको हो । अन्य चार एआइजीमध्ये विश्वराज पोखरेलले मेट्रोको कमाण्ड गरिसकेका छन् । अर्का एआइजी सहकुलबहादुर थापा आगामी बैशाखमा आइजिपीको लागि लबिङमा छन् । अर्काेतर्फ थापा एमाले निकट भनेर चिनिएकाले पनि उनको सम्भावना न्यून छ । एआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही सरुवाका लागि नेताका नधाउने प्रहरी अधिकृत भएकाले एक वर्ष अवधि पुगेपनि पालको मेट्रोबाट सरुवा नभएको हो ।

त्यस्तै, अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङको पनि करिब ११ महिना पुगेको छ । गत वर्ष फागुनमा उनको महाशाखामा सरुवा भएको थियो । ओली सरकारले नै उनलाई त्यहाँ सरुवा गरेको भएपनि उनलाई हालसम्म हटाइएको छैन । उनकोउनको हुन्डी कारोबारी तथा केही गुन्डा नाइकेसँग साँठगाँठ देखिएको सूचना गृह मन्त्रालयमा पुगेको छ । दरबारमार्ग वृत्तमा पनि हुँदा गुन्डा नाइकेलाई सघाएको खुलेपछि उनीमाथि कारबाही भएको थियो । अहिले पनि केही गुन्डा नाइकेसँग उनको दोस्ती छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।