१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङ प्रहरीले बाघको छालासहित लमहीबाट ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ बस्ने वर्ष २८ का आशा कुमार चौधरी रहेका छन ।
प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ बाट ती चार जनालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापा बिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो । सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालयदाङ र वडा प्रहरी लमहीले उनिहरुलाई नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनिहरूलाई डिभिजन वन कार्यालय लमहीलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]