०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

पाकिस्तानमा भारी हिमपहिरामा पुरिएर कम्तिमा २२ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

(ABC-Sanchar)
पाकिस्तान । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!