२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

यातायात वीरगञ्जमा लाखौंको राजस्व हिनामिना लाइसेन्स शाखाका डा.यादवले मेडिकलनै नगरी प्रमाण पत्र वितरण

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


(रवि वर्णवाल)
पर्सा । यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्जको मेडिकल टेण्डर प्राप्त गरेका डा. अम्बेडकर कुमार यादवले लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ ।

४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका डा. यादवले आम्दानीको टिडिएस नतिरेर राजस्व छली गरीरहेको प्राप्त प्रमाणले पुष्ठि गरेको छ ।

वि.स. २०७४ सालमा मेडिकल टेण्डर प्राप्त गरेदेखि हरेक वर्षमा पुनः टेण्डर आह्वान हुनुपर्नेमा त्यसो नभएर लगातार डा. यादवले नै कब्जा जमाएर बसेको पाइएको छ । आफ्नो जिम्मामा टेण्डर परेपनि आफूले काम नगरी अरु २ जना चिकित्सकलाई राखेर डा. यादवले रौतहटको चन्द्रपुरस्थित अस्पतालमा काम गरीरहेका छन् । एनएमसी नम्बर १५४०२ रहेका डा. यादवले डा. रामएकवाल राय र डा. रमेश महतोलाई निरोगिता प्रमाण पत्र प्रदान गर्ने जिम्मेवारी सुम्पिएका छन् । अरुलाई काम लगाएपनि डा. यादव बेला बेला आएर निरीक्षण गर्नुपर्नेमा उनी लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् ।

प्रति व्यक्ति निरोगिता प्रमाण पत्रबापत रु. १ सय र रक्त समुह परीक्षणको रु ५० का दरले डा. यादवले टेण्डर पाएका थिए । सोही दरलाई आधार मानेर प्रतिदिन निरोगिता प्रमाण पत्र र रक्त समूह परीक्षण बापत झण्डै ६० हजारको हाराहारीमा रकम संकलन हुने गरेको छ ।

अर्थात १ वर्षमा लगभग १ करोड ६० लाख रकम हुन जान्छ । स्वास्थ्य परीक्षण गरेबापत डा. यादवले १५ प्रतिशत टिडिएस तिर्नुपर्ने सरकारी प्रावधान रहेपनि यादले ४ वर्षदेखि करोडौँ रकमको टिडिएस नतिरेर सरकारको राजस्वसमेत छली गरेको पाइएको स्रोतले जनाएको छ ।

यता चिकित्सकले सामान्य मेडिकल जाँच समेत नगरी रकम लिएर अशक्तहरुलाई समेत निरोगिता प्रमाण पत्र प्रदान गरेको छ। यात्रा-डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

error: Content is protected !!