०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

यातायात वीरगञ्जमा लाखौंको राजस्व हिनामिना लाइसेन्स शाखाका डा.यादवले मेडिकलनै नगरी प्रमाण पत्र वितरण

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


(रवि वर्णवाल)
पर्सा । यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्जको मेडिकल टेण्डर प्राप्त गरेका डा. अम्बेडकर कुमार यादवले लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ ।

४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका डा. यादवले आम्दानीको टिडिएस नतिरेर राजस्व छली गरीरहेको प्राप्त प्रमाणले पुष्ठि गरेको छ ।

वि.स. २०७४ सालमा मेडिकल टेण्डर प्राप्त गरेदेखि हरेक वर्षमा पुनः टेण्डर आह्वान हुनुपर्नेमा त्यसो नभएर लगातार डा. यादवले नै कब्जा जमाएर बसेको पाइएको छ । आफ्नो जिम्मामा टेण्डर परेपनि आफूले काम नगरी अरु २ जना चिकित्सकलाई राखेर डा. यादवले रौतहटको चन्द्रपुरस्थित अस्पतालमा काम गरीरहेका छन् । एनएमसी नम्बर १५४०२ रहेका डा. यादवले डा. रामएकवाल राय र डा. रमेश महतोलाई निरोगिता प्रमाण पत्र प्रदान गर्ने जिम्मेवारी सुम्पिएका छन् । अरुलाई काम लगाएपनि डा. यादव बेला बेला आएर निरीक्षण गर्नुपर्नेमा उनी लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् ।

प्रति व्यक्ति निरोगिता प्रमाण पत्रबापत रु. १ सय र रक्त समुह परीक्षणको रु ५० का दरले डा. यादवले टेण्डर पाएका थिए । सोही दरलाई आधार मानेर प्रतिदिन निरोगिता प्रमाण पत्र र रक्त समूह परीक्षण बापत झण्डै ६० हजारको हाराहारीमा रकम संकलन हुने गरेको छ ।

अर्थात १ वर्षमा लगभग १ करोड ६० लाख रकम हुन जान्छ । स्वास्थ्य परीक्षण गरेबापत डा. यादवले १५ प्रतिशत टिडिएस तिर्नुपर्ने सरकारी प्रावधान रहेपनि यादले ४ वर्षदेखि करोडौँ रकमको टिडिएस नतिरेर सरकारको राजस्वसमेत छली गरेको पाइएको स्रोतले जनाएको छ ।

यता चिकित्सकले सामान्य मेडिकल जाँच समेत नगरी रकम लिएर अशक्तहरुलाई समेत निरोगिता प्रमाण पत्र प्रदान गरेको छ। यात्रा-डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]