२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

कोरोनाको बढेसंगै तपाईको माक्स खाई?अभियान लिएर दाङ एसपी काफ्ले

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


ABC (क्राईमबिट)
दाङ । तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढेपछि सुरक्षा प्रमुखहरु बिशेष निगरानी अनुगमनमा छन् । बुधबार तुलसीपुरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले तुलसीपुर उद्योग वाणिज्यसंघका पदाधिकारी, शुरक्षाकर्मी लगायतको टोलीले तुलसीपुर बजारमा तपाईको माक्स खाई ? लेखेका पम्प्लेट बोकेर सर्वसाधारणहरुलाई माक्स वितरण गर्दै कोरोनाको जोखिम बढेको भन्दै सबैले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, भिडभाडमा नबसी पसलहरुमा स्वास्थ्य शुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने शुझाव दिएका थिए ।

दाङका एसपी काफ्लेले कोरोना महामारीको जोखिम बढेको भन्दै अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सबैलाई अपिल गरे । जनचेतना प्रमुख कार्य भएको भन्दै जिल्लामा व्यापक रुपमा चेतना अभिवृद्धि गर्ने काममा अगाडी बढ्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

error: Content is protected !!