२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कोरोना नियमको विरोधमा बेल्जियममा हजारौंको संख्यामा प्रदर्शन जारी

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी एएफपीका रिपोर्टरहरूले समाचारमा जनाएका छन्।

प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको देखिएका बताइएको छ । प्रदर्शनमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डक्रु र कोभिडबाट सुरक्षाका लागि दिइएका पाससहित उपस्थित थिए।

पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो।

उत्तरी फ्रान्सको लिलेबाट यात्रा गरेकी फ्रान्सस्का फनाराले भनिन्, “सन् २०२० देखि जे भइरहेको छ, त्यसले मानिसहरूलाई भ्रष्टाचारबाट ब्यूँझाउन अनुमति दिएको छ। “म गलत नियमविरूद्ध प्रदर्शन गर्न आएको हुँ।”

प्रदर्शनमा सहभागी पोर्चुगलका अडोल्फो बार्बोसाले नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यका लागि भन्दै लादिएको तानाशाही शासन भएको बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!