१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

कोरोना नियमको विरोधमा बेल्जियममा हजारौंको संख्यामा प्रदर्शन जारी

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी एएफपीका रिपोर्टरहरूले समाचारमा जनाएका छन्।

प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको देखिएका बताइएको छ । प्रदर्शनमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डक्रु र कोभिडबाट सुरक्षाका लागि दिइएका पाससहित उपस्थित थिए।

पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो।

उत्तरी फ्रान्सको लिलेबाट यात्रा गरेकी फ्रान्सस्का फनाराले भनिन्, “सन् २०२० देखि जे भइरहेको छ, त्यसले मानिसहरूलाई भ्रष्टाचारबाट ब्यूँझाउन अनुमति दिएको छ। “म गलत नियमविरूद्ध प्रदर्शन गर्न आएको हुँ।”

प्रदर्शनमा सहभागी पोर्चुगलका अडोल्फो बार्बोसाले नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यका लागि भन्दै लादिएको तानाशाही शासन भएको बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]