२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

शनिबारबाट मौसम सफा हुने र घाम लाग्ने मौसम पूर्वानुमान महाशाखा

Logo
प्रकाशित बिहिबार, माघ १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका छन्।

आज देशको पहाडी भु(भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सि शनिबारबाट सफा हुनेछ।

‘मौसममा दैनिक सुधार हुँदै आएको छ। हिजोभन्दा आज कम हुन्छ, आजभन्दा भोलि कम र शनिबारदेखि मौसम सफा हुने देखिन्छ’, नगरकोटीले सेतोपाटीसँग भनिन्।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको नगरकोटीले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा आज बिहान घाम लागे पनि दिउँसोतिर बदली हुनेछ। ‘बिहान घाम लागे पनि दिउँसोतिर बदली हुने छ, साँझ तिर छिटपुट वर्षासमेत हुने देखिएको छ’, नगरकोटीले भनिन्।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]