१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके प्रहरीले २५ बोतल कोरेक्स लागूऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतका २ जनालाई कोरेक्स र नाइट्रोजेपामसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चेकजाँच गर्ने क्रममा शंकास्पदरुपमा हिँडिरहेका उनीहरुलाई सोधपुछ गरेर उनीहरुले बोकेको जेब्रा झोला तलासी लिँदा १०० मि.लि.को २५ बोटल लागूऔषध कोरेक्स फेला पारिएको थियो । 
त्यसबारेमा सोधपुछ गर्दा उक्त लागूऔषध आफ्नो झोलामा राखिदिएको उनीहरुले भनेपछि खोजतलास गर्दा नेपालगञ्जको न्युरोडमा फेला पारी चेकजाँच गर्दा निजको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाइट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!