२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँके प्रहरीले २५ बोतल कोरेक्स लागूऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतका २ जनालाई कोरेक्स र नाइट्रोजेपामसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चेकजाँच गर्ने क्रममा शंकास्पदरुपमा हिँडिरहेका उनीहरुलाई सोधपुछ गरेर उनीहरुले बोकेको जेब्रा झोला तलासी लिँदा १०० मि.लि.को २५ बोटल लागूऔषध कोरेक्स फेला पारिएको थियो । 
त्यसबारेमा सोधपुछ गर्दा उक्त लागूऔषध आफ्नो झोलामा राखिदिएको उनीहरुले भनेपछि खोजतलास गर्दा नेपालगञ्जको न्युरोडमा फेला पारी चेकजाँच गर्दा निजको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाइट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!