०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

पर्सामा १० वर्षीया बालिका रिजवाना महतोको हत्या आरोपमा १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८

ABC (क्राईमबिट)
पर्सा । प्रहरीले वीरगन्ज-१६ बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाला कुर्मीलाई पक्राउ गरेको हो । वीरगन्ज १६ घर भई हाल वीरगन्ज–१५ मा बस्दै आएका सरोज महतो कुशवाहाकी छोरी रिजवानाको शव पुस २४ गते कन्चनजंगा स्कुल नजिक निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा फेला परेको थियो । टाउकोमा ढुंगा प्रहार गरिएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको हत्या गरेको बताएको छ । उनलाई माघ २ गते वीरगन्ज १६ इनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

एक महिलालसँगको अवैध सम्बन्धबारे बालिका प्रत्यक्षदर्शी भएपछि मोतिलालले उक्त सम्बन्ध उजागर हुने डरले अपहरण गरी बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]