२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

२ दिनदेखि ब्राजिलमा भारी वर्षा बाढी र पहिरोमा परी १८ जनाको मृत्यु उद्धार जारी

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८


(ABC-Sanchar)
साओपाओलो। ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ। बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्।

बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्।

ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन–हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ।

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताएका छन।

उनले भनेका छन– हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ। करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ। अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ।

मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!