२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

२ दिनदेखि ब्राजिलमा भारी वर्षा बाढी र पहिरोमा परी १८ जनाको मृत्यु उद्धार जारी

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८


(ABC-Sanchar)
साओपाओलो। ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ। बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्।

बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्।

ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन–हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ।

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताएका छन।

उनले भनेका छन– हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ। करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ। अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ।

मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]