१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुको एसपीको नाम भजाएर तस्करीसंग असुली धन्दा

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८


ABC (क्राईमबिट)
पर्सा । बिरगंज भन्सार कार्यालयको सुरक्षार्थ खटिएका पर्साको टाइगर टोलीका इन्चार्ज प्रहरी हवल्दार अर्जुन साह कानुको खुलेआम समान क्यारेङ्ग गर्ने तस्करीसंग पैसा नदिए पछी समान पक्राउ गर्ने दिए पछी छोड्ने गर्दै असुली धन्दा सुरु गरेका छन् ।
केही महिना अगाडि मात्र सरुवा भएर आउनुभएका जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको नाम भजाएर असुली धन्दा चलाइरहेको
स्थानीयहरुले बताएका छन ।

सुरक्षाको जिम्मेवारी छाडेर पर्सा टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुनले भन्सार गेटमा जिल्ला एसपी नेतृत्वको नाम भजाएर असुली धन्दा चलाइरहेका छन् । नयाँ एसपीलाई लाइन दिनु पर्ने भएकाले रकम माग्ने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले कानुन बिपरित जुनसुकै दर्जाको प्रहरी कर्मचारी भएपनि नाम बेचेर तस्करीहरु सङ पैसा असुल्ने काम भएको भए तत्काल कार्वाही गर्ने बताएका छ्न।

पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुले ठुलो तस्करीलाई छोड्ने सानो क्यारिङवालालाई मुख्य टार्गेट बनाएर असुली धन्दा सुरु गरिरहेका छन् प्रष्ट फोटो र भिडियोमा देख्न समेत सन्किन्छ । उनले क्यारिङवालासँग जे जति भएपनि रकम दिन ताकेका गर्ने र नदिए सामान जफत गर्दिने धम्की समेत दिने गरेको पीडितहरुले रेकर्ड सहित मिडियालाई बताएका छन् ।

प्रहरी हवलदार अर्जुनले ५० रुपैयाँ देखि १०० रुपैयाँसम्म माग्ने गरेका छन् । अनावश्यक झोला तथा पोका पन्तुरा खोल्ने र पैसा माग्ने गरेको क्यारिङ वालाहरु बताउँछन् ।

उनी भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको ३ महिना पुग्न लागि सकेको छ । प्रहरी हवलदार भन्छन् । म नयाँ एसपीको विशेष मान्छे हो मलाई कसैले केही गर्न सक्दैनन् । उनीसँगैका सहपाठीहरुले समेत कानुको व्यवहारबाट आजित भएको बताएका छन् । भन्सार नाकाबाट हुने अवैध क्रियाकलाप रोक्नका लागि खटिएका प्रहरी हवलदार अर्जुनले नै असुली धन्दामा लाग्दा पुरै नेपाल प्रहरी संगठननै बदनाम भएको छ ।

उनी रातको समयमा अधिकांश तस्करसँग व्यवस्त हुने गरेका छन् । त्योबाट उनले रकम लिने गरेका छन् । व्यवसायीक तस्करसँग उनले मोटो रकम असुल्ने गरेका छन् । उनले भारतीय गाडीहरुलाई समेत असुलीको स्रोत बनाएका छन् । यस विषयमा मिडियाले पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुसंग कुरा राख्दा तपाईंले हालेको समाचारले मलाई केही फरक नपर्ने र मलाई एसपीले नै राखेको भन्दै जवाफ दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]